नायिका वर्षा शिवाकोटी निक्कै सुन्दरताका साथ् प्रस्तुत गरिएको गीत "तिम्रो नजरको शासन ढाली दिने कोहि भए" शूटिंग सकिएको छ। प्रकाश धितालको यसमा निर्देशन रहेको छ।
अाज सङ्गीतकार बसन्त सापकोटाले पाँच वटा गित रेकर्डिङ गरेका छन्। जसमा दुई वटा गितमा शब्द- दिनेस थपलियाको अर्को दुईवटा गितमा शब्द - मन्जुलाको , एउटा गितमा शब्द - दयाराम पान्डेको जसमा दुई वटा गितमा स्वर - स्वरुप राज अाचार्यको , अर्को दुई वटा गितमा स्वर - सत्यराज अाचार्यको र एउटा गितमा स्वर - लाली बुडाथोकिको !!!!
धेरै खुशी नहौ मायालु, मिलनको दिन भनेर,
पछी रुनु पर्ला मायालु, चोखो माया छुट्यो भनेर।
बोलको गीत घन बहादुर रोकाको शब्द अनि बालन्द राईको सङ्गीत र मेलिना राईको स्वरमा रेकर्ड भएको छ।
महान नेपाली साहित्यकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिस्ठानका कुलपति सरुभक्तको एकल शव्द रचना र बि बि अनुरागीको एकल संगीतमा नयां एलबमको कार्य आरम्भ भएको छ। जुन गीतहरुका शव्द तथा संगीतमा केही नयां प्रयोगहरु गरिएको दावी गरिएको छ ।
गायिका देविका बन्दनाको २ वटा शिरडी साई बाबाको भजन आज वोर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।जसको विडियो आजै युट्युब मार्फत आउने पनि जानकारी गराइएको छ।
गायक भुवन सुप्तिहांगको पाँचौं एल्बम (सम्मान मेरो)मा रहेको गीत "आउदो रैछ जिन्दगीमा यस्तो मोडहरु"को शूटिंग सकिएको छ। जसमा शब्द विश्वकाजी राईको रहेको छ। यस विडियोमा वर्षा सिवाकोटी,दिक्पाल कार्की र सुजन याम्फु राईलाइ देख्न सकिन्छ। निर्देशन कृष्ण आचार्यको रहेको छ।
चर्चित पप गायक धीरज राईले 'World's First Rafting Riding Musical Concert' शिर्षकमा गिनिज वर्ल्ड रेकर्ड राख्ने प्रयास गरेका छन्। उनले ३.५ कि. मि. को दूरी ४६ मिनेटमा पुरा गरेका छन्।
"Sani" is a Nepali love song, that expresses the joy & confession of
being in love. A romantic song made with the fusion of guitars, Dhime,
Mandal and Sarangi, to bring out a distinct flavour of music. Through
this song, we also want to emphasize on the preservation and promotion
of Nepali music & Nepali ethnic instruments globally.
नेपाल गोल्डेन आइडलमा टप १० छान्ने क्रममा। उक्त कार्यक्रममा चर्चित गायक रामभक्त जोजिजु मुख्य जजको रुप रहेका छन् जुन एन. टी. वी. प्लस र नेपाल वन टेलिविजनमा प्रशारण हुँदै आएको छ।
आज बिहान अनि दिनमा म्युजिसियन स्टुडियोमा नरदेव अनि नीकीता थापाको आवाजमा २ वटा फरक फरक गीत रेकर्डको क्रममा, कर्मा ग्याल्जेन बम्जनको संगीत र एउटा मा कर्माकै अनि अर्कोमा कुमार मिश्रको शब्द रहेको छ ।